काठमाण्डाै – एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ ।
काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो ।
काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो। यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुल थिएटरको स्थापना भएको थियो ।
जग्गा अभावका कारण २०६८ सालमा बन्द भएको थिएटर फेरि सञ्चालनमा आएको हो ।