काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए। कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पिडा थप्ने काम गरेको अध्यक्ष गजुरेलले बताए ।
प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा बारम्बार मूल्य वृद्धि गर्नु लाजमर्दो भएको बताइन। ไปที่ รูเล็ตออนไลน์ แล้วเล่นกับเราที่นั่น
सरकारले हिजाे मङ्गलवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएकाे छ ।