मधेश प्रदेशमाको बारा जिल्ला स्थित निजगढ नगरपालिकाले सहजकर्ता र स्वयंसेवक गरी १० जना कर्मचारीको माग गरेको छ ।
खुल्ला प्रतियोगिता द्वारा सहजकर्ता र स्वयंसेवक करारको पदपूर्ति गर्नका लागि नगरपालिकाले माघ १६ गते कर्मचारीको माग गरेको हो ।
कृषक दर्ता व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहजकर्ता तथा स्वयंसेवक करारमा लिनुपर्ने भएकाले कृषि वा भेटेनरी बिषयमा जे.टि वा जे.टि.ए अथवा कक्षा १२ उतीर्ण गरेको , इन्टरनेट , मोवाइल , ल्यापटप साथमा भएको र १८ बर्ष पुरा भई ३५ बर्ष ( महिलाको हकमा ४० बर्ष ) ननाघेको योग्यता पुगेको हुनुपर्ने नगरपालीकाले जारी गरेको विज्ञापनमा उल्लेख छ ।
योग्यता पुगेका आवेदकहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रीत पूर्वक आवेदन नगरपालिकामापेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।