कोभिड संक्रमण्का कारण माघ १ गते देखि १५ गते सम्म बन्द रहेका निजगढका सम्पूर्ण विद्यालयहरु भोलि माघ १७ गते देखि खुल्ने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको माघ १० गतेको पत्र अनुुसार निजगढ नगरपालिकाले आज सम्पूर्ण विद्यार्थीहरुको नामनामेसी अध्यावधिक गरी माघ १५ गते देखी २० गते सम्म कोभिड संक्रमण न्यूनिकरण गर्न खोप अभियान तोकियकै अवधिमा सम्पन्न गर्न विद्यालय खोल्ने निर्णय गरेको हो ।
निजगढ नगरपालिकाले मातहतका सम्पूर्ण विद्यालयहरुमा खोप अभियानको लागि माघ २५ गते सम्म विद्यालय खुल्ला राख्ने निर्णय गरेको हो । सि.सि.एम.सि. को सिफारिस तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त हुने परिपत्रको आधारमा विद्यालयमा प्रत्यक्ष पठन पाठन संचालनको लागि विद्यालयलाई पत्राचार गर्ने पनि नगरपालिकाले निर्णय गरेको छ ।