नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै शाक्यले जालझेल नगरी सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको हो । हिजो छाती कमजोर थियो। आज छाती बलियो बनाउनुपर्छ। अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ।’
नेकपा एमालेलाई बचाउन आवश्यक रहेको बताउदै उहाँले नेतृत्वले फराकिलो सोंच बनाउनुपर्नेमा जोड दिनुभयो ।