काठमाडौं असार ७ उत्तम कार्की चन्द्रागिरी नगरपालिका -५ ,गुरुजुधारामा रहेको बाग्मती प्रदेश , भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल मा अनियमितता।
केही बर्ष अघि ताल्छिखेल ललितपुरबाट चन्द्रागिरी नगरपालिका सरेको यस कार्यालय भित्र अनि बाहिरको दृश्य हेरि साध्य छैन।
बाटो बाटो ढुकेर सेवाको बहानामा बिचौलिया सेवाग्राहि लुट्छन ,प्रहरीहरु पनि आजित भइसके कति लाने कति कार्वाही गर्ने भनेर।
समयमा पनि आउन हिच्किचाउने कर्मचारी ४ बजे पछि वल्लो पल्लो होटल अनि कुना बिचौलिया पछि दौडन्छन कमिसनको चक्करमा।
दैनिक रुपमा भएका सेवाको हस्ताक्षर गरे बापत प्रत्यक फाटमा एउटा रेकर्ड किताब नैन राखेर आफ्नो भागको लागि कार्यालय बन्द भएपछी बिचौलियाको पछि १००/२०० भन्दै दौडधुप गर्दै हिड्छन कर्मचारी भन्दै नाम नबताउने सर्तमा एक बिचौलियाले बताए।
दैनिक रुपमा हजारौं २ पाङ्ग्रे सवारीसाधनको काम हुने उक्त कार्यालयमा कहिले काहीँ १००/५० को कमिसन नमिल्दा कर्मचारी कर्मचारी बिच पनि बिवाद भएको छ भन्दै एक नाम नखुलाउने श्रतमा कर्मचारीले बोल्नुभयो।
कर्मकान्ड येति मात्रको हैन ,कार्यालय बाट भाडामा लिइएको भवन र बाहिर भाडामा लिइएको भवनको भाडा दर फरक भयो भन्दै ,मुख्य भवन नम्बर १ का घरबेटीलाई मासिक बार्षिक रुपमा चन्दा उठाएर अतिरिक्त रकम दिएर पनि यातायात कार्यालय खडा गरिएको विशेष श्रोतले दिएका छन।
यस अघि कार्यालय प्रमुख गणेश अर्याल हुदा कमिसन खोरी कर्मचारी देखि बिचौलिया सम्म हटिसकेको कार्यालय आज किन येस्तो भयो भन्दै हाल निमित्त प्रमुख दिपक पोख्रेल माथी प्रश्न दिन प्रती दिन केही इमानदार कर्मचारीले उठाएका छन। श्रोत:- न्युज अभियान , अभियान टाइम्स साप्ताहिक
सम्बन्धित कथाहरु
1 month ago