बैषाख ६ निजगढ ।
बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीले नगरपालिकामा ब्यापक भष्ट्रचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
अधिकृत कार्की बिरुद्ध प्रमाण सहिँत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि आयोगले छानबिन सुरु गरेको हो । प्रमुख प्रशासकिय अधिकृत कार्कीको नाता गोताले सेटिङ्गको भरमा निजगढ नगरपालिकाको विभिन्न काम गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।
नगरपालिकाले राष्ट्रिय स्तरको सुचना प्रकाशन गराउँदा प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफ्नों नातेदारको ऐजेन्सी मार्फत सुचना प्रकाशन गराउँने गरेको रहस्य बाहिरीएको छ । नातेदार मार्फत सुचना प्रकाशित गराउँने र सुचनामा आउँने ४० प्रतिशत कमिसन आँफैले खाने गरेको आरोप प्रमाण सहिँत अख्तियार उजुरी परेको हो । गएको माघ २१ गते अख्तियारमा परेको उजुरीमा निजगढका जनताले नामै नसुनेको र नगरपालिका क्षेत्रमा आउँदै नआउँने पत्रिकामा टेण्डरको सुचना गरेको भनि उजुरीमा उल्लेख गरिएको छ । यस सम्बन्धमा अख्तियारले हाल नगरपालिकामा छानबिन कार्य शुरु गरिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जनाएको छ ।