च्याप्टर नेपाल निजगढले हिन्दुहरुको आस्थाको केन्द निजगढको धार्मिक पर्यटनको सम्भावना बोकेको शिवालय पर्वतनाथ मन्दिर परिसरमा सरसफाई गर्दै आज प्रजातन्त्र दिवश मनाएको छ ।
२०७८ फाल्गुन ७ गते प्रजातन्त्र प्राप्तीको यस विशेष दिनलाई पुण्यको काम साथै सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी बहन गर्दै सरसफाई कार्यक्रम गरिएको युवा अभियन्ता सुदिप तिमल्सिनाले बताएका छन । स्थानिय सम्पदाको संरक्षण र संम्वद्वन गर्दै संस्कृतिको जर्गेना गर्न सके मात्र भावी पुस्ताले इतिहासलाई संझने कुरा बताउदै उंहाले आगामी दिनमा समेत यस्ता कार्यमा निरन्तर लाग्ने बताए ।
च्याप्टर नेपालको आयोजना र निजगढ नगरपालिका वडा नं. ४ को सहयोगमा भएको भएको उक्त कार्यक्रमा वडा अध्यक्ष जयराम कुमरको समेत उपस्थिति रहेको थियो । निजगढ नगरपालिका वडा नं. ४ मा अवस्थित यस पवित्र भूमिमा सरसफाईको अभियान चलाएकोमा च्याप्टर नेपाल निजगढलाई अध्यक्ष कुंवरले धन्यवाद दिदै आगामी दिनमा समेत यस्तो कार्यको अपेक्षा राखेको र आफुले जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने बताएका थिए ।
कार्यक्रम पश्चात ऐतिहासिक महत्व बोकेको मन्दिरले मुहार फेरेको अनुभुति भएको स्थानियहरुले बताएका छन ।