नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ बाराले आज राष्ट्र घाती एमसीसी विरुद्व सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ ।
समाजवादी युवा संघको केन्दिय सर्कुलर अनुसार ७७ वटै जिल्ला सदरमुकाममा फाल्गुन १ गते एकै पटक राष्ट्र घाती एमसीसी सम्झौता खारेज गरौं भन्ने नारा लगाउंदै विरोध प्रदर्शन गरेको हो ।
राष्ट्र र राष्ट्रियताको लागि भन्दै समाजवादी युवा संघले एमसीसीको विरोध प्रदर्शन गर्दै यदि एमसीसी पास हुने अवस्था आयो भने देशमा ठूलो वितण्डा हुने र सम्झौताको पक्षधरहरुलाई कुनै पनि हालतमा माफी नदिने र जनताको पक्षमा हित हुने काम नगर्ने पार्टी पक्ति र नेताहरुलाई जनकारवाही गरिने विरोध प्रदर्शनको क्रममा कोणसभा लाई सम्वोधन गर्ने क्रममा बताईएको नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य दिपक सापकोटाले जानकारी दिएका छन ।
कार्यक्रममा पार्टीमा नेता गण, युवा, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।