हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
हावाहुरीको कारण धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमा कुमारी सदा र सात वर्षीय अरविन्द सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी रौतहटको बौधीमाई नगरपालिका १ मा घर भत्कदा ४५ वर्षीया फुलमती देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।