काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे । आर्मीका लागि सुमन अर्यालले गोल गरे ।
आजकाे बराबरीसँगै आर्मी १० खेलमा १८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै उति नै खेल खेलेकाे जावलाखेल नाै अङ्कसहित तालिकाकाे ११ औँ स्थानमा छ ।