काठमाडौँ — दसैं बिदा अघिको अन्तिम कारोबारको दिन बुधबार नेप्से परिसूचक झण्डै ५ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको ०.१८ प्रतिशतले बढ्दा नेप्से २ हजार ६ सय ६८.१७ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २७ अंकले घटेको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा र व्यापार बाहेक सबैको परिसूचक बढे ।